गोकुलप्रसाद बाँस्कोटाले “ओलीकै पालामा देशले कोल्टे फेर्छ” भनेपछि भयो यस्तो…

ताजा समाचार

बनेपा ।

पूर्वमन्त्री (नेकपा)का केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटाले कोरोना भाइरसको महामारीबाट नागरिक जोगाउनु सरकारको पहिलो ।

 

दायित्व भएको कुरामा जोड दिएको छ।उनले काभ्रे पलाञ्चोकको पनौती नगरपालिका–७ स्थित नेकपा वडा कमिटीद्वारा आयोजित कार्यकर्ता भेला एवं पार्टी प्रवेश कार्यक्रममा सरकारले ।

 

वर्तमान परिस्थितिमिा आफ्ना नागरिक जोगाउनु पहिलो प्राथमिकता भएको बताएका छन्।उनले प्रश्न गरेका छन् ,“महामारीमा सरकारले पहिला नागरिक जोगाउनुपर्छ, त्यसपछि विकासको कामलाई निरन्तरता दिइन्छ,।

 

तै पनि विकास त निरन्तर छ नै, विकास नागरिकलाई चाहिने हो, नागरिक नै नरहे विकास के का लागि?उनले पाँच वर्षमै ‘धुरन्धर’ विकास हुने हो भने निर्वाचन तथा तीन तहका सरकार र जनाप्रतिधि आवश्यक नपर्ने बताउँदै ।

 

उनले भने, “अहिले हामी विकासका कामसँगै जनताको स्वास्थ्य–सुरक्षामा विशेष ध्यान दिइरहेका छौँ, सरकारले आफ्नो क्षमताले भ्याएसम्म स्वास्थ्य–सुरक्षा दिनेछ, नागरिक पनि आफैँ सचेत बन्नुपर्छ।

 

बाँस्कोटाले पर्यटनको विकासका लागि बनेपामा आन्तरिक विमानस्थलको काम अघि बढि रहेको रहेको कुरा पनि बताए। उनले नेकपामा उचित व्यक्तिलाई उचित स्थान दिँदै पार्टी निर्माण प्रक्रिया भावना र मर्मअनुसार चलिरहेको दाबी गरे।

 

बाँस्कोटाले भने,।सरकारका आलोचकलाई हाल सञ्चालन भइरहेका र शुरु भएका दीर्घकालीन राष्ट्रिय महत्वका आयोजनाले गतिलो जवाफ दिइरहेको छ।”

कोरोना महामारीले हाल विकासलाई केहीपछि परेकोमा दुःख व्यक्त गर्दै पार्टी सुदृढीकरण र एकतालाई सार्थकता दिन महाधिवेशन अगावै स्थानीय कमिटीसम्म नेतृत्व दिलाउन आग्रह गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *