भोलि देखि चन्द्रंमा सिंह राशिमा आनन्दित विराजमान भएकोले, यी राशीहरू यसरी बन्दैछन् मालामाल..

ताजा समाचार

आज श्री शाके १९४२ बि.स.२०७७ साल असोज २७ गते मंगलबार इश्वी सन २०२० अक्टोबर १३ तारीख अधिक आश्विन कृष्णपक्ष एकादशी तिथी मघा नक्षत्र शुभ योग कौलव करण चन्द्रंमा सिंह राशिमा

आनन्दादि योगमा काल योग प्रमादीनाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु परमा एकादशी व्रत प्राकृतिक बिपत्ति न्यूनीकरण दिवस (ज्यो.प.सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मान्यजनहरुको मार्गदर्शन अबलम्बल नर्गनाले गरीरहेको कार्यमा सामान्य तनाब उत्पन्न हुने साथै आम्दानिका क्षेत्रमा समेत सामान्य समस्या देखा पर्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

कार्यक्षेत्रको प्रतिफल सोच अनुरुप नरहनाले मनमा खिन्नता उत्पन्न हुन सक्नेछ । परीवारजनहरु सगँको सम्बन्धमा कार्य क्षेत्रका कारण सामान्य मदभेद रहन सक्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)

प्रतिपक्षीहरु सबल रहेता पनि तपाईको कार्य क्षेत्रको प्रभाबताले कार्यहरु सहजता पूर्ण सम्पादित रहनेछन ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

मनमा अस्थिरताले बास गर्नाले कार्य क्षेत्रमा सामान्य ढिलाईको योग रहनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

शारिरीक अस्वस्थाका कारण सम्पादित कार्यको प्रतिफल अपेक्षीत नरहला । कार्य क्षेत्रमा साजेदारी उत्तम रहनेछैन ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

लगानिको प्रतिफल तत्काल प्राप्त नहुन सक्नेछ । परिवारका सदस्यहरुबाट टाढाँ भएको महसुस रहनेछ । कार्यसम्पादन गर्नका निम्ती अधिक श्रम खर्चनु पर्ने समय रहेकोछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

रचनात्मक कार्यका क्षेत्रबाट आम्दानि उत्तम रहनेछ । बौधिक ब्यक्तित्वहरुको साथसहयोगमा जटिल कार्यहरु सम्पादित रहनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

कार्यक्षेत्रमा लगाईएको लगन सिलताका कारण मानसम्मान प्राप्तीको योग बन्नेछ । मनोबिलासिताका साधनको प्रयोगले समय ब्यतित रहनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

तपाई द्वारा सम्पादित कार्यको श्रेय गैर ब्यत्तिहरुले प्राप्त गर्नेछन । मित्रजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

बिश्वासिला ब्यक्तिहरुबाट धोका हुन सक्नेछ । कार्यक्षेत्रमा लगाईएको लगानीको प्रतिफल प्राप्तनहुदा मनमा खिन्नता उत्पन्न हुन सक्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)

नयाँकार्यको थालनिमा मन प्रशन्न रहनेछ । ब्यपार ब्यवसायमा पारिवारिक साथ सहयोग मनग्य प्राप्त रहनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

नयाँ लगानिका लागि मित्रजनहरुको साजेदारी दाभदायक रहनेछ । ब्यपार ब्यवसायमा पारिवारिक साथ सहयोग मनग्य प्राप्त रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *