ओलीले बनाएका मन्त्रीहरु पेलेरै जाने रणनीति देखिन्छ ?पूरा अवश्य पढ्नुहोला

ताजा समाचार

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले तीनजना आफू निकटस्थलाई मन्त्री बनाएका छन् । पार्टीभित्र अर्को पक्षका कुनै नयाँ व्यक्ति मन्त्री नबन्नुले मतभेद प्रष्ट देखिएको छ । उनले मन्त्री बनाएका नामहरु हेर्दा पेलेरै जाने रणनीति बनाएको देखिन्छ ।

 

ईश्वर पोखरेलबाट रक्षा मन्त्रालय ओली आफैले राखेका छन् । यो घटनासँगै पोखरेल सरकारमा बस्ने या नबस्ने अवस्थामा पुगेका छन् । बरु महासचिव विष्णु पौडेल पुरस्कृत भएका छन् । पौडेल अर्थमन्त्री बनाइएका छन् ।

 

पौडेलभन्दा वरियतामा माथि बादललाई राखिएको छ । उनी गृहमन्त्री यथावत् छन् । ओलीलाई बादलले खूबै सघाउँदै आएका छन् । उनले प्रचण्ड गुट लगभग त्यागिसकेको अवस्था छ । कृष्णगोपाल श्रेष्ठ शहरी विकास मन्त्री बनाइएका छन् ।

 

बरु प्रचण्ड पक्षधरबाट मन्त्री बन्नेहरु आफूलाई संकट पर्दा सघाउनेहरु नै हुनुपर्ने गरी कुरा राख्न थालेका छन् । यसरी ओली पार्टीभित्र एकछत्र पकड जमाएर पेलेर जाने गरी प्रस्तुत भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *