अर्थमन्त्री पौडेलले वि’श्व बैंकसँग बिस क’ रोड डलर ऋण लिने निर्णय गरे :पूरै पढ्नुहोला

ताजा समाचार

काठमाडौं ।

हिजो बुधबार नियुक्त भएका अर्थमन्त्री विष्णु पौडेलले आज पदभार ग्रहण गरेका छन । महाराजगन्जस्थित राष्ट्रपति निवासमा पद तथा गोपनियताको शपथ लिएर सिंहदरबार पुगी मन्त्री पौडेलले पदभार ग्रहण गरेका हुन ।

 

उनले कार्य भार सम्हालेलगत्तै विश्व बैंकसँग २० करोड डलर ऋण लिने सम्झौतामा हस्ताक्षर गरेको पौडेलका प्रेस सल्लाहकार यमन पौडेलले जानकारी दिए ।

 

पदभार सम्हाल्नुअघि उनीसहित तीन मन्त्रीले राष्ट्रपति कार्यालय शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपियनियताको सपथ लिएका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त तीन जना मन्त्रीलाई आज बिहीबार बिहान शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *