सिंहदरबार छिर्यो कोरोना: शाखा अधिकृत कोरोना पोजेटिभ भेटिएपछी सरकारले भर्खर गर्यो यस्तो घोषणा

ताजा समाचार

काठमाडौं।

मुलुककै प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार भित्रै पहिलो पटक कोरोनो संक्रमित फेला परेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका ३२ वर्षीया

 

शाखाअधिकृतलाई कोरोना भाइरसको संक्रमण देखिएको छ टेकु प्रयोगशालामा गरिएको परीक्षणमा उनमा संक्रमण पुष्टि भएको मन्त्रालयले स्रोतले जनाएको छ ।

 

सिंहदरबारभित्र कार्यरत कर्मचारीहरुको कोरोना परीक्षण गरिएकोमा क जनामा कोरोना संक्रमण पृष्टि भएको हो । सयौं कर्मचारीहरुको स्वाम परिक्षण गरिएकोमा एक जनाको पोजेटिभ देखिएको हो ।

 

सिंहदरबारभित्रै कर्मचारी तथा सुरक्षाकर्मीमा कोरोना संक्रमित हुने क्रम बढेपछि मन्त्रालयका सचिव तथा सहसचिवसमेत कोरोना सर्ने जोखिमका कारण मन्त्रालय आउनै छाडेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार हालसम्म सिंहदरबारभित्र सुरक्षाकर्मी, कार्यालय सहयोगी, चालक तथा अधिकृत समेत गरी झन्डै १५ जना संक्रमित भेटिएका छन् ।

प्रधानमन्त्रीकार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलले काठमाडाैंमा निषेधाज्ञा भएलगत्तै सिंहदरबारका ५० प्रतिशत कर्मचारीलाई घरबाटै काम गर्ने व्यवस्था मि।लाइएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *