राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी, सभामुखबिनै बैठक बस्ने बाटो खुल्यो

ताजा समाचार

काठमाडौं ।

सरकारले रिक्त रहेका संवैधानिक निकायहरूमा पदपूर्तिका लागि अध्यादेश जारी गरेको छ । मंगलबार (आज) बसेको मन्त्रिपरिषदको बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गर्नुभएको हो ।

 

आज प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाको अनुपस्थितिका कारण परिषद् बैठक स्थगित भएपछि आकस्मिक रुपमा मन्त्रिपरिषद बैठक बोलाउनु भएको थियो ।

 

राष्ट्रपति कार्यालयका प्रवक्ता बद्रिनाथ अधिकारीले विज्ञप्ती जारी गरी नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गर्नुभएको जानकारी दिनुभएको छ ।

 

राष्ट्रपति भण्डारीले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन अध्यादेश २०७७) जारी गर्नुभएको हो ।विभिन्न संविधान निकायका ४५ पदपूर्तिका लागि २ पटक सम्मगणपूरक संख्या नपुगेर स्थगित भएसँगै प्रधानमन्त्री ओलीले अध्यादेशको सहयोग लिनुभएको हो ।

आज विहान सभामुख अनुपस्थित हुँदा बस्न नसकेको संबैधानिक परिषदको बैठक आजै साँझ पाँच बजे बोलाइएको छ । सत्तारुढ नेकपाभित्र देखिएको द्वन्द्धको असरको रुपमा यो अध्यादेशलाई लिइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *