काठमाडौं ।
बलिउड अभिनेत्री एवं सामाजिक अभियन्ता मनिषा कोइरालाले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउँदा भएको प्रहरी दमनको कडा शब्दमा विरोध गरेकी छन् ।
सिंहदरबार अगाडि राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न गएका समर्थकलाई प्रहरीले धरपकड गरेपछि मनिषाले ट्वीटरमार्फत आक्रोश पोखेकी हुन्।
जनताको राष्ट्रिय एकताप्रतिको सामूहिक भावलाई सरकारले सम्मान गर्ने अपेक्षा गरे पनि उल्टो व्यवहार देखाएको भन्दै मनिषाले आक्रोश पोखेकी छन्,‘पृथ्वी नारायणको शालिक अगाडि नै सरकार को यो आपत्तिजनक कार्य? पानीको फोहरा र टियर ग्यास सहितनै तैनात प्रहरीलाई पठाउने, सरकार के नेपालीको सरकार नै हो?’