निर्वाचन कार्यक्रम अघि नबढाउन भन्दै दाहाल-नेपाल पक्ष आयोगमा

ताजा समाचार

काठमाडौँ ।

 

निर्वाचन कार्यक्रम अगाडि नबढाउन भन्दै पुष्पकमल दाहाल र माधवकुमार नेपाल नेतृत्वको नेकपा निर्वाचन आयोग पुगेको छ । अध्यक्षद्वय दाहाल र नेपालसहित नेकपाका नेताहरू सोमबार दिउँसो आयोग पुगेका हुन् ।

 

आयोगका पदाधिकारीसँग निर्वाचनसम्बन्धी विषयमा छलफल भइरहेको स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले जानकारी दिए । नेताहरु राजेन्द्र पाण्डे, मुक्ति प्रधान, सुरेन्द्र पाण्डे, रामनारायण बिडारी, कृष्णभक्त पोखरेललगायतलाई निर्वाचन आयोगसँगका गतिविधि हेर्ने जिम्मा दिइएको थियो ।

 

‘निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कार्यक्रम तय गरेको छ । त्यसैअनुसार जिल्लाहरुमा बैठक सुरु गरेको छ । संसद् विघटनको विषय सर्वोच्च अदालतमा छ । यो निर्णय नभएसम्म निर्वाचन हुने नहुने अनिश्चित छ ।

 

निर्वाचन आयोगले दाहाल-नेपाल र ओली पक्षलाई ७ दिनभित्र अध्यावधिक विवरण पेस गर्न भनेको थियो । साथै आयोगले दुवै पक्षबाट आयोगमा गरिएका पत्राचारमा उल्लेखित निर्णयहरू विधानको व्यवस्थासँग मेल नखाएको भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *