दाहाल–नेपाल समूहद्वारा मुख्यमन्त्री राईलाई निलम्बन

ताजा समाचार

मोरङ ।

नेकपाको दाहाल–नेपाल समूहले मुख्यमन्त्री शेरधन राई लगायत आठ जनालाई तीन महिनाका लागि निलम्बन गरेको छ । प्रदेशसभाको कुनैपनि गतिविधिमा सहभागी हुन नपाउने गरी निलम्बन गरेको हो ।

 

मुख्यमन्त्री राई, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ्, प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, प्रदेश सभा सदस्यत्रय इन्द्रमणी पराजुली, अम्बिका थापा र विमल कार्कीलाई निलम्बन गरेको छ ।

 

पुस १५ गते संसदीय दलको नेताबाट मुख्यमन्त्री राईलाई हटाएर भीमप्रसाद आचार्यलाई चयन गरेपछि पुस १९ गते बसेको संसदीय दलको बैठकमा उपस्थित नभएको र पार्टी हित बिपरित काम गरेको भन्दै उनीहरुलाई स्पष्टिकरण सोधेको थियो ।

 

नेकपाका ६७ प्रदेशसभा सदस्यमध्ये ३७ जनाको हस्ताक्षरसहित प्रदेशसभामा मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका मध्ये कला घले र वसन्तदेवी यादव मुख्यमन्त्री राई समूहमा आइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *