प्रचण्डले पदको लोभ गर्दा मुलुक आजको अवस्था आयो : ऊर्जामन्त्री रायामाझी !

ताजा समाचार

तनहुँ ।

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समुहका स्थायी कमिटी सदस्य तथा ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री टोपबहादुर रायामाझीले प्रचण्डको पदको लोभका कारण मुलक आजको अवस्थामा आएको आरोप लगाएका छन् ।

 

ओली पक्षले सोमबार दमौलीमा आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनीहरुले पार्टीभित्रकै शीर्ष नेताहरु प्रचण्ड–माधवलगायतले पदको लोभ गर्दा मुलुक आजको अवस्थामा पुगेको दाबी गरेका हुन् ।

 

‘सडकबाट संसद् पुनःस्थापनाको माग गर्नु पश्चगामी सोच हो’, मन्त्री रायमाझीले भने, ‘पुष्पकमल दाहाल र माधव नेपालको पदको लोभका कारण आजको स्थिति पैदा भएको र पार्टीभित्रैबाट सरकारका विरुद्ध षड्यन्त्र गरिँदा यो अवस्था आएको हो ।’

 

सरकारले गरेको राम्रा काम र प्रशंसा बढ्दै जाँदा केपी शर्मा ओलीले एकछत्र राज गर्ने सम्भावना भएका कारण पार्टीभित्रैका मान्छेहरुको निन्द्रा हराम भयो’, मन्त्री रायमाझीले भने,‘राष्ट्रिय अडान र विकासवादी नेताको ।

 

हिसाबले केपी शर्मा ओली एकछत्र नेता हुने भए भन्ने हुटहुटीका कारण पार्टीभित्रैबाट उहाँलाई असहयोग भएको र अब हामी हराएर जाने भयौ भन्ने चिन्ताले उहाँहरुले सरकार असफल बनाउने खले खेलेको उनको आरोप थियो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *