प्रचण्डबाट हेपिएका लेखराज भट्टले देखाइदिए ‘पावर’, केपी ओली मख्ख !

ताजा समाचार

धनगढी ।

 

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षले धनगढीमा आयोजना गरेको बृहत् आमसभामा कम्तीमा ७० हजार संख्यामा जनसहभागिता जुट्यो । साविक एमाले वा एकीकृत नेकपाकै कुनै कार्यक्रममा पनि यति संख्या पुग्न सकेको थिएन ।

 

सुुदूरपश्चिममा प्रभावशाली बनेका भट्टले आफ्नो राजनीतिक आयतन विस्तार गर्न अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुक्रवार धनगढी उतारेका थिए र यहाँको व्यापक जनसहभागिताबाट त्यसलाई चरितार्थ गराएका छन् ।

 

माओवादी युद्धको पृष्ठभूमिबाट आएका भट्ट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का विश्वासपात्र मानिन्थे । पार्टी एकीकरणका बेला उनलाई कुनै पनि पद दिइएन । सुदूरपश्चिमको इन्चार्ज बनाइए साविक एमालेका नेता भीम रावल ।

 

रावललाई मन्त्री बनाउने दबाब पन्छाउँदै ओलीले भट्टलाई साथ लिएका थिए । रावल पार्टी इन्चार्ज भइसकेकाले उनैलाई दोब्बर पद दिनु न्यायसंगत नहुने ओलीको तर्क थियो । त्यसपछि २ नेताको राजनीतिक धार बदलियो । रावल ओलीका कट्टर विरोधी बने ।

 

भट्ट प्रचण्डको प्यानल त्यागेर ओलीनिकट भए । पछिल्लो पार्टी विभाजनका गतिविधिमा खुलेरै ओलीलाई साथ थिए । भट्ट हाल ओली पक्षका सुदूरपश्चिम इन्चार्ज हुन् । नेता भट्टले २०६४ सालको संविधानसभा निर्वाचनमा सुदूरपश्चिम विकासको अवधारणा सार्वजनिक गरेका थिए ।

 

उनले उत्तरमा चीनसँगको नाका र दक्षिणमा भारतसँगको सुख्खा बन्दरगाहले मात्रै सुदूरपश्चिमको विकासको ढोका खुल्ने योजना बनाएका थिए । ‘सुदूरपश्चिममा सुख्खा बन्दरगाह र भारतसँग अन्तदेशीय नाकाको विस्तार बाहेकको विकल्प थिएन ।

 

‘नेपालले महाकालीमा बनाएको ४ लेनको सडक र त्यस नजिकै नेपाल–भारतका एकीकृत भन्सार चौकीले पनि नेपालको विकासमा टेवा पुग्छ । अझ त्यसमा अन्तरदेशीय व्यापार र आर्थिक क्षेत्रको पनि तयारी भइरहेको छ,’ नेता भट्टले भनेका छन् ।

 

‘भीम रावलको नातावाद र कृपावादका कारण पार्टीमा असन्तुष्टि व्याप्त थियो । भट्टको आगमनसँगै ओली पक्षमा इमान्दार र योग्य नेता–कार्यकर्ता थपिएका छन्,’ एक प्रदेशसभा सदस्यले भने, ‘भट्टको राजनीतिक उचाइ पनि यसले बढाएको छ ।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार प्रकाशित छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *