काठमाडौं ।
नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नै विभाजन नभएको दाबी गरेका छन् । साथै पार्टीमा आफू आधिकारिक भएको भन्दै उनले अरुले पठाएको जानकारी अभिलेखिकरण गरे निर्वाचन आयोगले नै पार्टी एकताको भंगको घोषणा गरेको हुने दाबी गरेका छन् ।
निर्वाचन आयोगले गत पुस २३ गते दुबै समूहलाई राजनीतिक दल सम्बन्धी नियमावलीको नियम २५ अनुसार सात दिनभित्र ‘सुधारिएको विवरण’ पेश गर्न भनेको थियो । आयोगले तोकेको म्यादको अन्तिम दिन ओली र प्रचण्ड–माधव दुबै समूहले जवाफ पठाएका छन् ।
पार्टीको बैधानिक व्यवस्था बमोजिम मैले पठाएको बाहेक अन्य कसैले पठाएको अनधिकृत जानकारी अभिलेखिकरण हुनुको अर्थ पार्टी एकताको भंगको घोषणामा हुन जान्छ, जुन कार्य आयोगले गर्न सक्दैन ।’ पार्टीको पहिलो अध्यक्ष भएकाले आफू नै आधिकारिक भएको उनले पटकपटक दाबी गरेका छन् ।