भारतबाट मजदुर गरेर कमाएको ६ लाख रुपैयाँ खर्चेर धुमधामसंग मागी बिवाह गरे तर सुहागरात मनाउन नदिई बेहुली टाप भएपछि….

ताजा समाचार

एजेन्सी ।

 

गायिका अञ्जु पन्तको –‘ माया एउटासंग बिबाह अर्कोसंग’ बोलको गीतले थुप्रै युवा धड्कनको आत्मासात गरेको छ । उक्त गीत आत्मासात गर्ने पछिल्ला युवा धड्कन हुन, गुल्मीका एक जोडी ।

 

उनीहरु हुन रेसुङ्गा नगरपालिका–६ नेटाखर्ककी २३ वर्षिया ललिता बिक र गुल्मी दरवार गाउँपलिका–७ चारपाला काफलचौरका २७ वर्षिय करन सुनार ।

 

तर दुर्भाग्य बाबु आमाको त्यो खुशी र दशैंको उत्साहमा निरासा हुन पुग्यो । बिबाह गरेको ५ दिन नबित्दै छोरी नव बेहुलालाई छाडेर बेपत्ता भईन । दशैंको संघार देखि अहिले अन्तिम सम्म दुबै परिवारजन उनको खोजीमा जिल्ला प्रहरी कार्यालय गुल्मीमा धाई रहेका छन ।

 

ललिताका दाजु हिमाल बिकका अनुसार उनी छिमेकी सागर परियार संग भागी बिबाह गरेर भागेको एसएमएस आई सकेको छ । फोनमा कहिले बुटवलमा त कहिले काठमाण्डौ भन्ने गरिएका छन्।

 

उनले भने–” म अहिले मिक्सीङ्गमा ब्यस्त छु , तपाई खै को हो मैले चिनिन ।”अर्को पटक फोन गर्दा उठाएनन् । दाजु हिमाल भन्छन–” बहिनी र सागरबीच लभ थियो भन्ने हामीलाई थाह भएको भए हामीले बिबाह गराई दिने थिएनौं ।

 

करनजी र हामी पहिल्लै देखिका नातेदार हौं , उहाँहरु माग्न आएपछि हामीले केटा केटीलाई सम्मुख बनाएका थियौं । बहिनी बिबाहका लागि राजी भएपछि कुरा छिनिएको थियो ।’सागरले अघि थपे , सम्पर्कमा आउन नचाहेपछि हामी दुबै परिवार प्रहरीको सहारा लिन आएका हौं ।”

 

केटाको भारतबाट मजदुर गरेर कमाएको लगभग ६ लाख रुपैयाँ सकिएको छ । केटिललाई ईमान्दारी पुर्वक सम्पर्कमा आई उनको गर–गहना र अन्य सामाग्री बुझाउन उनले आग्रह गरेका छन् ।

 

पछिल्लो चरण माया प्रेम र बिबाह समन्धमा यस्तो घटना नौलो नहुने गरेकोले पनि बिबाह पूर्व केटा केटी दुबैलाई बढी नै सोधपुछ र बिबाह मितिको ग्याव केहि फराकिलो पारेर कुरा टुङ्गाउनु पर्ने देखिन्छ । एनबिसी खबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *