काठमाडौं ।
पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सवार हेलिकप्टर गोरखाको पालुङटार स्थित आँपपिलमा आकस्मिक रुपमा अवतरण गरेको छ।
पर्वत जानका लागि काठमाडौंबाट उडेको हेलिकोप्टर बाक्लो हुस्सु र कुहिरोभित्र परेपछि पाइलटले हतार हतार पालुङटार स्थित आँपपिलको खेतबारीमा अतवरण गरेका हुन् । देउवासँगै पूर्वमन्त्री गोपालमान श्रेष्ठ पनि सवार थिए ।
काठमाडौंबाट पर्वतका लागि उडेको हेलिकप्टर खराब मौसमका कारण गोरखामा अवरतरण गराइएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।
मौसम अनुकुल भएपछि पुन पर्वततर्फ प्रस्थान गर्ने छन् ।