दिनलाई रात पारे पनि कानूनअनुसार नेकपा र सूर्य चिन्ह ओलीलाई दिन मिल्दैन : खिमलाल देवकाेटा

ताजा समाचार

काठमाडौं।

 

संविधानसभा सदस्य एवं वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले दिनलाई रात पारे पनि कानूनअनुसार नेकपा र सूर्य चिन्ह नेकपा केपी शर्मा ओलीलाई दिन नमिल्ने बताएका छन्। बिहीबार काठमाडौंमा भएको नेपाल बुद्धिजीवी संगठनको राजनीतिक एवं संवैधानिक अन्तरक्रियामा बोल्दै अधिवक्ता देवकोटाले यस्तो बताएका हुन्।

 

वरिष्ठ अधिवक्ता देवकाटाले भने, ‘संविधानमा संसद बिघटनको कहीँ व्यवस्था नै छैन। संसद बिघटनको प्रस्ताव नै असंवैधानिक छ। यो सिफारिस कार्यान्वयन हुन सक्दैन। संसद बिघटनको प्रस्ताव स्वतः निस्क्रिय वा बिघटनको बिकल्प छैन।’

 

संविधानले प्रधानमन्त्रीलाई कुनै पनि हालतमा संसद विघटनको अधिकार नदिएको उनले बताए। संविधानमा निर्वाचित प्रतिनिधिविहीन संसदको परिकल्पना नगरिएको उल्लेख गर्दै उनले संविधानको धारा ७६ मा बहुमतको सरकार निर्माण गर्न नसक्ने अवस्थामा दुई दल मिलेर सरकार बनाउने,

 

त्यो पनि हुन नसके अल्पमतको सरकार बनाउने र त्यो पनि हुन नसके प्रतिनिधिसभाको सदस्यले सरकार बनाउन चाहेमा सरकार बनाउन सक्ने व्यवस्था गरिएको उनले बताए ।विश्वासको मत प्राप्त नसकेको अवस्थामा मात्रै संसद विघटन हुने र ६ महिनाभित्र निर्वाचन सम्पन्न गरिसक्ने व्यवस्था संविधानमा उल्लेख भएको उनले बताए।

 

‘यो संविधानको दृष्टिकोणले असंवैधानिक छ। राजनीतिक दृष्टिकोणले अराजनीतिक र नैतिक दृष्टिकोणले यो अनैतिक छ‚’ उनले भने‚ ‘संवैधानिक हिसाबले किन भन्दा हामीले नयाँ संविधानमा परिकल्पना गरेको भनेको सुधारिएको संसदीय व्यवस्था हो। यसमा प्रधानमन्त्रीलाई संसद विघटन गर्ने विशेष अधिकार हुँदैन।

 

संविधानको धारा ७६ बहुमतको सरकार बनाउने, दुई दलले सरकार बनाउने, अल्पमतको सरकार बनाउने र प्रतिनिधी सभाका सदस्यले बनाउने त्यसले विश्वासको मत लिन सकेन भने मात्रै संसद विघटन हुने र ६ महिनाभित्र निर्वाचन सम्पन्न भइसक्नेगरी कुरा भएको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *