केपी ओलीको नाम खड्गप्रसाद ओली होइन, कीर्तेप्रसाद ओली राखौंः गगन थापा

ताजा समाचार

काठमाण्डौ ।

 

नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको नाम किर्ते प्रसाद ओली हुनुपर्ने बताएका छन् ।

 

संसद विघटनविरुद्ध कांग्रेसले ललितपुरमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै नेता थापाले प्रधानमन्त्री ओलीले एकपछि अर्को गर्दै कीर्ते काम गरेकाले उनको नाम खड्क प्रसाद ओली नभई कीर्ते प्रसाद ओली राख्नुपर्ने बताएका हुन् ।

 

‘केपी ओलीको नाम पूरा रुप अब खड्गप्रसाद ओली होइन, कीर्तेप्रसाद ओली हो । राष्ट्रपतिले पनि मन्त्रिपरिषदको सिफारिसमा धारा थपेर कीर्ते काम गर्नुभएको छ,’ उनले भने ।

 

प्रचण्ड–नेपाल समूहलाई हेप्दा हेप्दै प्रधानमन्त्री ओली संविधानलाई नै हेप्ने अवस्थामा पुगेको भन्दै नेता थापाले प्रचण्ड–नेपाल समूहप्रति आफ्नो सहानुभूति रहेको उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *