नेकपाको पार्टी र चुनाव चिन्हको विवाद टुंगियो, अब चुनाव हुन्छ : गृहमन्त्री थापा

ताजा समाचार

काठमाडौं ।

 

 

गृहमन्त्री रामबहादुर थापा बादलले प्रतिनिधि सभा विघटनको मुद्दामा अदालतले छिटो फैसला गरे तोकिएको समयमा निर्वाचन हुने बताउनुभएको छ ।

 

कालिकोटमा सोमबार आयोजित नेकपाको जनसभालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले सरकार निर्वाचनको तयारीमा लागिसकेकोले अदालतको फैसला बेलैमा आए निर्धारित समयमा नै निर्वाचन हुने बताउनुभयो ।

 

अदालतको फैसला आउन ढिला भए निर्वाचन केही पछि सर्नसक्ने उहाँले संकेत गर्नुभयो । तर सरकार आर्थिक तथा सुरक्षा सबै हिसाबले समयमा नै निर्वाचन गराउन तयारी अवस्थामा रहेको थापाको भनाइ छ ।

 

निर्वाचन आयोगको निर्णयले पार्टी र चुनाव चिन्हको विवाद सकिएको उहाँले प्रष्ट पार्नुभयो । ‘हामीले कसैलाई हटाएका छैनौँ, पार्टी पनि फुटाएका छैनौँ’, थापाले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *