झाडीबाट राती आवाज आउँदा कसैले वास्ता गरेनन्, बिहानपख हेर्दा जीवनभर हुने ठूलो पछुतो, पूरा पढ्नुहोस्

ताजा समाचार

काठमाडौं ।

 

 

प्रहरी चौकीको छेउबाट रातीदेखि आवाज आइरहेको थियो । तर, त्यो आवाजलाई कसैले वास्तै गरेनन् । रातीमा त्यहाँ मानिसहरु पनि कम भएकोले पनि त्यतातिर कसैको ध्यान गएर । बिहीबार बिहान मानिसहरुको आवतजावत बढ्यो ।बिहान पनि झाडीबाट आवाज आयो ।

 

त्यसपछि प्रहरी र आसपासका मानिसहरु गएर त्यहाँ हेर्दा भर्खर जन्मेकी नवजात बालिका भेटिएकी छिन् । ती बालिकालाई राती नै कसैले जन्माएर त्यहाँ फ्याँकेको थियो । बालिका रोइरहेकी थिइन् । बालिका रोएको आवाज सुनेर आसपासका मानिसहरु त्यहाँ गएका थिए ।

 

बालिकाको अनुहार, पिठ्यूँ र हातमा कमिलाले टोकेर रातै बनाइसकेका थिए । त्यहाँ जम्मा भएकाहरुले तत्कालै बालिकालाई झाडीबाट निकालेर उनको शरीरमा भएका कमिला हटाए । भारतको झारखण्ड राज्यको राँचीमा भेटिएकी ती बालिकालाई तत्काल अस्पताल लगियो ।

 

बालिकालाई झारखण्ड राज्य बाल संरक्षण आयोगकी अध्यक्ष आरती कुजुरको सहयोगमा विनायका अस्पताल लगिएकोमा त्यहाँबाट रिफर गरेपछि रिम्स अस्पताल लगिएयो । त्यहाँबाट पनि रिफर भएपछि उनलाई रानी भिल्ड्रन बाल अस्पतालमा लगियो ।

 

बीबीसी – वैज्ञानिकहरूले दक्षिण-पश्चिमी फ्रान्सस्थित एउटा उत्खनन क्षेत्रमा भीमकाय डाइनोसरको तिघ्राको हड्डी फेला पारेका छन्। तिघ्राको दुई मिटर लामो हड्डी औँजेक क्षेत्रमा फेला पारिएको र त्यो सोरापाड डाइनोसरको भएको ठानिएको छ।

 

जुरासिक युगको अन्त्यतिर एकदमै पाइने सोरापाड डाइनोसर पृथ्वीमा हालसम्म पाइएका ठूलामध्येका स्थलचर थिए। फेला पारिएको हड्डीको संरक्षित अवस्था हेरेर आफूहरू आश्चर्यचकित भएको जीवाश्मबारेका जानकार वैज्ञानिकहरूले बताएका छन्।

 

“यति ठूलो अंश आँफैमा टुक्रिने सम्भावना धेरै हुने भएकाले यत्रो टुक्रा प्राप्त हुनु दुर्लभ कुरा हो।” एलेनले समाचार संस्था एएफपीलाई बताए अनुसार सोरापाड डाइनोसरहरू १४ करोड वर्ष पहिला अस्तित्वमा थिए र तिनीहरू ४० देखि ५० टनसम्मको तौलका थिए।

 

अर्को एउटा फ्रान्सेली पत्रिका अनुसार सन् २०१० मा एउटा सोरापाड डाइनोसरको तिघ्राको हड्डी फेला पारिएको थियो जसको लम्बाइ २ मिटर र तौल ५०० किलोग्राम थियो। यसै हप्ता फेला पारिएको पछिल्लो हड्डी बाहिर निकाल्न पूरै एक हप्ता लाग्न सक्ने र त्यसका लागि क्रेन चाहिने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *