कसैले राजीनामा माग्दैमा मैले राजिनामा दिन्न, समर्थन फिर्ता लिए हुन्छ : ओलि

राजनीती

काठमाडौ:

प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले आफ्नो राजीनामा माग्दैमा दिन नसकिने स्पष्ट पार्नु भएको धानमन्त्री निवास बालुवाटारमा आज १६५ सडकको एकैसाथ शुभारम्भ गर्दै उहाँले आफूलाई हटाउन सरकारलाई दिएको समर्थन फिर्ता लिन आग्रह गर्नुभयो ।

समर्थन फिर्ता नगर्ने तर राजीनामा दिनदिनै माग्ने गरेको उहाँको भनाइ थियो । “दिनदिनै मेरो राजीनामा मागेका छन् । एक दिन होइन । दुई दिन होइन ।

एउटाले होइन, दुईटाले मागेका छन् मागेको माग्यै छन्”उहाँले भन्नुभयो, “मलाई हटाउन समर्थन फिर्ता लिइदेऊ भन्छु । तैपनि लिँदैनन् ।

अनि राजीनामा माग्दछन् । समर्थन फिर्ता गर राजीनामा त आइहाल्छ नि प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई दिएको समर्थन फिर्ता लिन माओवादी केन्द्रलाई चुनौति दिनुभएको छ ।

समर्थन भने फिर्ता नलिने तर दिन दिनै राजिनामा मागिरहेको बताउदै उहाले सो चुनौति दिनु भएको हो ।  १६५ सडकको शुभारम्भ गर्दै उहाले राजीनामा माग्दैमा नदिने तर समर्थन फिर्ता लिएमा राजीनामा आउने बताउनु भयो ।आज मागेको हो र राजीनामा ?

माग्या माग्यै छ त, मागैपिच्छे म कसरी दिनसक्छु राजीनामा ? एकदिन एउटा राजीनामा हुन्छ । एउटाले माग्दैन, दुइटाले माग्दैन, एकदिन माग्दैन, दुई दिन माग्दैन । माग्या माग्यै छ’, उहाले भन्नुभयो,ए बाबा ! हटाउ न त ।

समर्थन फिर्ता लिइदेऊ भन्छु लिँदैन । अनि राजीनामा माग्छ । राजीनामा आइहाल्छ, समर्थन फिर्ता गर न । समर्थन फिर्ता पनि गर्दैन, अनि राजीनामा माग्छन् । प्रधानमन्त्री ओलीले वर्तमान संसदबाट निकास नआउने पनि बताउनु भयो ।

उहाले जनताको विकासका लागि वर्तमान संसदबाट काम निस्कन नसक्ने भएपछि निर्वाचनमा जान खोजिएको बताउदै नयाँ अंकगणित नभएसम्म संसदले विकासका काम अगाडी बढाउन नसक्ने स्पष्ट पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *