भेरी अस्पतालसहित ३ वटालाई ५ करोड ८३ लाख रुपैयाँ उपलब्ध गराउने अर्थ मन्त्रालयको निर्णय

ताजा समाचार

काठमाडौं ।

 

नवनियुक्त अर्थ मन्त्री विष्णु पौडेलले अक्सिजन प्लान्ट र पाइपलाइन जोड्न तीन वटा अस्पतालाई ५ करोड ८३ लाख २४ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेका छन् ।आज पुनः सपथग्रहणपछि पदभार ग्रहण गर्दै अर्थमन्त्री पौडेलले उक्त निर्णयमा हस्ताक्षर गरेका हुन् ।

 

निर्णय अनुसार डडेल्धुरा अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल नेपालगञ्जले उक्त रकम पाउने छन् ।प्रधामन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारका क्रममा यसअघिकै मन्त्रीलाई निरन्तरता दिएपछि अर्थ मन्त्रीमा पौडेलले नै जिम्मेवारी पाएका हुन् ।

 

यो पनि पढ्नुहोस्: डा. सन्दुक रुइतको संसारसामू अपिल : भन्छन्, ‘नेपाल र नेपालीलाई सहयोगी मनको खाँचो छ’ । नेपालका प्रख्यात नेत्र विशेषज्ञ डाक्टर सुन्दुक रुइतले नेपाल र नेपालीलाई मन पराउने संसारभरीका मानिसहरुलाई महामारीको ।

 

यो समयमा मानवता दर्साउन अपिल गरेका छन् । डाक्टर रुइतले आफ्नो फेसबुक पोस्टमा एउटा भिडियो अपलोड गर्दै यस्तो अपिल गरेका हुन् । उनले भनेका छन्, ‘म ३ करोड जनसंख्या भएको देशको तर्फबाट नेपालको भलो चाहने संसारभरीका करोडौं मनलाई स्पर्श गर्न चाहन्छु ।’

 

उनले कोरोना महामारीका बेला हाल देशको स्थिति कस्तो छ भन्ने बारे पनि वर्णन गरेका छन् । उनी भन्छन्, ‘नेपालीहरुले आफ्नो दुःख–सुख दुबै निकै गौरव र लचकताका साथ ग्रहण गर्ने गर्छन् । हाल यो कोभिड–१९ महामारीको दोस्रो लहरमा संक्रमितको ।

 

संख्या डढेलो झैं बढ्दै गइरहेको अवस्थामा यहाँका अस्पताल र स्वास्थ्य प्रणाली निरिह बनेका छन् ।‘तपाईंहरुलाई थाहा नै छ, नेपाल एक भूपरिवेष्ठित राष्ट्र हो र हामी प्रजातन्त्रको प्रक्रिया बुझिरहेका एउटा देश हौं, विशेषगरी हाम्रो देशले केही समय अघि ।

 

मात्रै महाप्रलयकारी भूकम्पको सामना गरेको छ, त्यसैले हाम्रो देशमा स्थिति खासै सहज छैन । हामी अघि बढ्न प्रयासरत छौं,’ उनी थप्छन् ।यतिबेला नेपाललाई सहयोगी मनको अत्यधिक खाँचो भएको कुरामा उनले जोड दिँदै भनेका छन्, ‘नेपाल र नेपालीलाई ।

 

यो देश र यहाँका जनतालाई तपाईंहरुको खाँचो छ ।’उनले यो विषम परिस्थितिमा सबैजना जुटेको खण्डमा यहाँको मृत्युदरलाई कम गर्नसक्ने र अन्ततः यो अदृश्य दुश्मनलाई परास्त गर्न सक्ने कुरामा आशा व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *