महन्थले ३ अर्ब बढि बजेटका योजना लिएर ओलीलाई साथ दिएको खुलासा, यस्तो छ तथ्य

ताजा समाचार

काठ्माण्डौ ।

अर्थ मन्त्रालय आगामी आर्थिक वर्षको बजेट निमार्णको तयारीमा केन्द्रित छ । अहिले मन्त्रालयमा चालु वर्षको रकम रकमान्तर गर्न पनि भ्याइ नभ्याइ छ ।बजेट रकमान्तर र नयाँ कार्यक्रममा स्रोत सुनिश्चितता सत्ताको स्वार्थसँग गाँसिएको छ ।

 

बुधबार अर्थ मन्त्रालय बजेट महाशाखालाई बजेट रकमान्तर गर्न र स्रोत व्यवस्थापन गर्न चुनाैती नै भयो ।जसपा अध्यक्ष महन्थ ठाकुरले चालु वर्षको बजेटमा नपरेका आयोजनामा पर्याप्त बजेट लगेका छन् ।

 

अर्थ मन्त्रालय स्रोतका अनुसार ठाकुरका लागि बुधबार मात्रै ३ अर्बभन्दा बढी रकमान्तर तथा स्रोत सुनिश्चितता गरिएको छ ।ठाकुरका लागि अर्थमन्त्री मात्रै होइन, प्रधानमन्त्री केपी शर्मा ओलीसमेतको दबाबमा बजेट माग भएपछि अर्थका अधिकारीहरू दबाबमा परेका छन् ।

 

अर्थ मन्त्रालयका एक अधिकारीका अनुसार ठाकुरले करिब एक दर्जन आयोजनामा रकम माग गरेका थिए । तीमध्ये तीनवटा आयोजना २० करोड रुपैयाँभन्दा बढीका छन् । अरुमा पनि ५ करोडभन्दा धेरै रकम रकमान्तर तथा स्रोत सुनिश्चितता गरिएको छ ।

 

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनले बजेट अनुशासनलाई बाँध्न मन्त्रालयगत रूपमा बजेट रकमान्तर गर्दा अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य गरेको छ । तर, अर्थले दबाब थेग्न नसक्दा बजेट अनुशासन उल्लंघन गरेरै भए पनि स्वार्थकेन्द्रित बजेट उपलब्ध गराइएको छ ।

 

बजेट मार्गनिर्देशन २०७७/७८ ले पनि खर्च गर्न नसकेको बजेट खर्चको ग्यारेन्टी भई रकम अभाव हुन सक्ने क्षेत्रमा बजेट सार्न सकिने व्यवस्था गरेको छ । यही प्रावधानलाई टेकेर महन्थ ठाकुरसहित उनीसँग नजिक रहेका नेताहरूले मागेका आयोजनामा मनपरी रकमान्तर गरिएको छ ।

 

अर्थस्रोतका अनुसार बुधबार उनले शहरी विकास मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भाैतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका आयोजनामा मागेजति रकम उपलब्ध गराइएको हो ।

 

‘खर्चमा अहिले पनि सुधार आउन सकेको छैन । खर्च नभएको बजेट खर्च हुन्छ, गर्छु भन्ने ठाउँमा रकमान्तरका लागि स्वीकृत गरिएको हो,’ ठाकुरको मागमा रकम उपलब्ध गराइएको स्वीकार्दै अर्थका एक अधिकारीले ।

 

भने, ‘योजना कुनै क्षेत्र विशेष होला तर त्यसलाई राजनीतिक स्वार्थमा हेर्नुभन्दा कस्ता आयोजनालाई अभावको बजेट दिइयो भन्ने कुरा हो ।’प्रधानमन्त्रीले पपुलर बजेट ल्याउने उद्‍‌घोष गरिसकेका छन् ।

 

तर, विकसित राजनीतिक घटनाक्रमका कारण वर्तमान सरकारले बजेट ल्याउन सक्ने स्थिति थिएन । सत्तापक्ष र महन्थ ठाकुर-राजेन्द्र महतोबीचको गठजाेडले फेरि ओलीकै नेतृत्वमा सरकार गठन हुने संकेत देखिएको छ । नयाँ बजेटमा त्यसकाे प्रभाव पर्ने प्रस्ट भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *