चीनका बरिष्ठ वैज्ञानिकको भविष्यवाणी–‘४ हप्तामा विश्व सामान्य अवस्थामा फर्कन थाल्नेछ’

ताजा समाचार

काठमाडौं।

चीनका सबैभन्दा बरिष्ठ कोरोनाभाइरस विशेषज्ञले आगामी ४ हप्तामा पूरै विश्वको अवस्था बदलिने भविष्यवाणी गरेका छन् । उनले आगामी ४ हप्तामा पूरै विश्वको अवस्था पहिलेजस्तै सामान्य अवस्थामा फर्कन सुरु हुने ।

 

बताएका हुन् । उनका अनुसार यो अवधिपछि कोरोनाभाइरसका नयाँ संक्रमणका केसमा कमी आउनेछ । उनले चीनमा अब कोरोनाभाइरसको दोस्रो आक्रमण नहुने समेत भविष्यवाणी गरेका छन् ।

 

कोरोनाभाइरस संक्रमण नियन्त्रण र उपचारका लागि चीन सरकारले गठन गरेको मुख्य टिमका प्रमुख डा. झांग नेनशेनले यस्तो भविष्यवाणी गरेका हुन् । ८३ वर्षीय झांगले भने ‘चीनमा कोरोनाभाइरसको दोस्रो ।

 

आक्रमण हुने छैन किनकि हामीले मनिटरिङ सिस्टमलाई अत्यन्तै बलियो बनाएका छौं ।’ डा. नेनशेनले शेनझेनको एक टेलिभिजनलाई दिएको अन्तरवार्तामा यस्तो बताएको डेलिमेलले उल्लेख गरेको छ ।

 

डा. नेनशेनले भने ‘कोरोनाभाइरससँग लड्ने २ मात्र तरिका छन् । पहिलो हामीले संक्रमणको दरलाई सबैभन्दा कम स्टरमा जैजाउँ र त्यसलाई बढ्नबाट रोकौं । यसबाट हामीलाई भ्याक्सिन बनाउन समय प्राप्त हुनेछ ।

 

र हामीले यो रोगलाई समाप्त गर्न सक्नेछौं । दोस्रो तरिका यो हो कि संक्रमणमा ढिलाइ ल्याउँ र आफ्ना केही बिरामीको संख्यालाई अलग अलग तरिकाले कम गरौं ।

धेरैजसो देशले कोरोनाभाइरसको संक्रमणलाई लिएर कडा कदम उठाएका छन् । यस्तोमा मलाई आशा छ कि आगामी ४ हप्तामा नयाँ संक्रमित भेटिन लगभग बन्द हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *