मनिषाले राखेको वीपीको त्यो तस्वीर: जसले हालका नेतालाई गिज्याउँछ

ताजा समाचार

काठमाडौं ।

मनिषा कोइरालाजीले सामाजिक संजालबाट वीपी कोइरालाको यस तस्वीर सार्वजनिक गर्नुभएपछि मलाइ यो तस्वीरको सन्दर्भ यहाँ उल्लेख गर्न मन लाग्यो। यो तस्वीर वीपी कोइराला प्रधानमन्त्री हुँदाको बखतको हो। सन् १९५९ को अक्टोबर महिनाको अन्तिम दिनको हुनुपर्छ।

 

२००७ सालको क्रान्तिका नायक, राणा शासनको अन्त्यपछि निर्वाचन नहुँदा सम्मको ८ बर्षको अवधिसम्म जनमानसमा व्यापक लोकप्रियताका बाबजुद समेत प्रधानमन्त्री हुन नपाएका र मुलुकमा सम्पन्न पहिलो आमनिर्वाचनबाट अभूतपूर्व बहुमत ।

 

हासिल गरि प्रधानमन्त्री बनेका वीपी कोइरालाप्रति त्यतिबेला अन्तर्राष्ट्रिय स्तरबाट समेत निकै चासो थियो।काठमाण्डौंबाट अन्तर्राष्ट्रिय समाचार एजेन्सी दी एसोसिएटेड प्रेस(एपी) ले यो तस्विरसहित संवाददाता हेनरी एस. ब्राडशेरले तयार गरेको समाचार सम्प्रेषण गरेको थियो।

 

०१ नोभेम्बर(१९५९ का दिन उक्त एजेन्सी मार्फत खबर छाप्ने संसारभरका अखबारहरुले पहिलोपटक यस तस्विरसहित समाचार प्रकाशित गरेका थिए। ती मध्येका केहीका समाचार शीर्षकहरु यस्ता थिए। ”From Feudal Monarchy to Modern Democracy।

 

Premier of Nepal Tries to Transformed Feudal Monarchy’ , ‘One Man Handles Nepal attempt to Modern States’।यो तस्वीर प्रधानमन्त्रीको आवास अझ उनको शयनकक्षमा रहेको उनको आफ्नै विस्ताराको हो।

 

४४ वर्षीय उर्जावान युवा प्रधानमन्त्री कोइराला विस्तारामा नै बसेर चिया नास्ता लिँदै मन्त्रिपरिषदका केही कागजातहरु राखेर त्यसमा केही काम गरिरहेको जस्तो देखिन्छ। घाँटीमा सेतै मफलर, जिउमा सेतो कमिज र सेतै शुरुवालसहित अति साधारण किसिमको ।

 

नेपाली मौलिक पहिरन लगाएका प्रधानमन्त्री कोइरालाको तस्विर हेर्दा कुनै अस्पतालका युवा प्रशिक्षार्थी जस्तो देखिन् भन्ने समाचार टिप्पणी थियो।प्रजातन्त्रका लागि आजीवन संघर्ष गरेका प्रजातान्त्रिक योद्धा कोइराला सादगी जीवनका पर्याय थिए।

 

प्रधानमन्त्रीमा निर्वाचित हुनासाथ उनले प्रधानमन्त्रीको मासिक तलब २५०० रुपैयाँबाट घटाएर १५०० रुपैयाँ बनाएका थिए। माथीको उनको तस्वीरमा त्यतिबेलाका मुलुकका कार्यकारी प्रधानमन्त्रीको अत्यन्तै सादगी जीवनशैली देखिन्छ।

 

उनको सरकारले आर्थिक मितब्ययिता व्यवहारमा नै अपनाएको थियो। राजाले सत्ता हातमा लिँदा भ्रष्टाचारको आरोप लगाए पनि पछि उनले त्यसको छानवीन गर्ने मुद्दा दायर गर्ने नगरेकाले त्यो फगत राजनीतिक आरोप मात्र थियो भन्ने देखिन्छ।

 

आजको दिनमा स्थानीय तहदेखि केन्द्रिय तहसम्म सबैभन्दा अभाव देखिने नै यही साधारण जीवनशैलीको हो। यहाँ अचेल सर्वत्र असाध्यै विलासिता र तडकभडक देखिन्छ। आर्थिक मितव्ययिता भन्ने शब्द त नेपाली राजनीतिको शब्दकोषबाट नै हराइसकेको छ।

 

उक्त समाचारमा उनको राजनीतिक जीवन यात्राको समेत चर्चा थियो। त्यसबाहेक समाचारको अन्य सार भने यस्तो थियो– नेपाललाई सामन्ती राजतन्त्रदेखि आधुनिक प्रजातान्त्रतर्फ बदल्नका लागि एक ब्यक्तिलाई जिम्मेवारी सुम्पिएको छ।

 

उनी हुन प्रथम जननिर्वाचित लोकप्रिय प्रधानमन्त्री वीपी कोइराला । कोइराला भन्छन् ‘बिदेशीहरुले हाम्रो नेपालका बारेमा जे जस्तो रोमान्चित ढंगको छुट्टै छवि देख्ने गरेका छन्, त्यो अब छिट्टै लुप्त हुँदैछ किनकी हामीले एउटा नयाँ समाजको निर्माण गरिरहेका छौँ।

 

जसरी आर्थिक प्रगती हुनेछ त्यो संग तिमीहरुले सोंच्ने गरेको छवि धेरै हदसम्म हट्नेछ। हामीले अहिलेसम्म प्रजातान्त्रिक संरचनाको विकास गर्न सकेका छैनौं।’राजा महेन्द्रले प्रजातान्त्रिक संविधान र आम निर्वाचन मार्फत शुरु गरेको प्रजातान्त्रिक प्रणालीलाई ।

 

अगाडी बढाउनका लागि प्रधानमन्त्री कोइरालाले काम गरिरहेका छन्। संसदमा कोइरालाको बलियो उपस्थिति छ र उनको दलमात्र मुलुकभर संगठन विस्तार भएको राष्ट्रिय संगठन हो । यिनले आर्थिक सामन्तवादको अन्त्य गरेर निम्नस्तरको जीवनस्तरलाई माथी ।

 

उठाउने प्रयास गरेका छन्। चीन र भारतको बीचमा रहेको नेपालले असंलग्न नीति अपनाएर अन्तर्राष्ट्रिय मामिलामा आफुलाई उभ्याउने कोसिस गरिरहेको छ ।एकजना बिदेशी पर्यवेक्षकका अनुसार अहिले सम्म त सबै प्रक्रिया राम्रोसंग अगाडी बढिरहेको छ।

 

पछिल्लो निर्वाचन मार्फत घटिरहेको आफ्नो शक्तिलाई राजाले कहिलेसम्म र कति चाँडो स्वीकार गर्न सक्छन् त भन्ने मात्रै मुख्य प्रश्न हो ? ती बिदेशी पर्यवेक्षकले प्रश्न तेर्साए बमोजिम निर्वाचन मार्फत बनेको सदन र सरकारका कारण आफ्नो घटिरहेको शक्तिलाई राजाले धेरै पर सम्म स्वीकार गर्न सकेनन्।

 

१८ महिनामा नै सेनाको मद्दतमा संसद र सरकार भंग गर्दै सम्पूर्ण शक्ति आफ्नो हातमा लिए। संसदका सदस्य, सभामुखसहित नेपालमा रहेका मन्त्रिपरिषदका सबै सदस्यलाई राजाले जेलमा कोचे। आफूलाई सघाउने र आफ्नो कदमको पक्षमा उभिनेलाई रिहा गरे।

 

केहीलाई आफ्नै नेतृत्वमा गठित मन्त्रीमण्डलमा सहभागी गराए भने बाँकीलाई लामै समय जेलमा राखे। उनी संवैधानिक राजा भएर बस्न चाहेनन्। कार्यकारी प्रमुख आफैं भएर शासन गर्ने महत्वाकांक्षा उनमा बढ्दै गयो। सरकार लोकप्रिय भयो भने भोलि कतै आफ्नै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *