काठमाडौंको आकाशमा देखिएको सर्वसाधारणलाई अनौठो लाग्ने यो दृष्य, जस्ले धेरैको ध्यान खिच्यो

ताजा समाचार

काठमाडौ ।

सोमवार विहान काठमाडौ स्थित त्रिभुवन अन्तराष्टिय विमानस्थलको आकासमा अनौठो दृष्य देखियो । एउटै विमान घरी उड्ने फेरी बस्ने र फेरी उड्ने गरिरहेको थियो । त्यो जहाज विमानस्थल माथि फन्को लगाउँथ्यो फेरी आएर बस्थ्यो ।

 

यस्तो देखेपछि विमानस्थल वरपरका बासिन्दा अचम्म परे । एउटै जहाज छिनमै उड्ने र बस्ने गरेको देखेपछि स्थानियको मनमा चिसो पस्यो । कतै कुनै विपत पो आयो की ?तर यो कुनै विपद्को संकेत थिएन । अहिले निषेधाज्ञा भएका कारण विमानस्थल माथिको आकास खाली छ ।

 

विमानहरु उडेका छैनन् । यही मौकामा विमान कम्पनीले आफ्ना पाइलटहरुलाई जहाज उडाउने अभ्यास गराइरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार पाइलटले हवाईजहाज उडाउने अभ्यास गरिरहेकाले यस्तो दृष्य देखिएको बताएका छन् ।

 

सोमबार बिहानैदेखि हिमालय एयरलाइन्सले आकाश खालि भएको मौकामा आफ्ना पाइलटलाई अभ्यास गराइरहेका कारण यस्तो दृष्य देखिएको उनले बताए । त्यही भएर हिमालय एयरलाइन्सको हवाईजहाज छिनमै उड्न र छिनमै बस्ने गरिरहेका छन् ।

 

यो पनि पढ्नुहोस्: कोभिड-१९ जिन सिक्यन्सिङ: नेपालमा डेल्टा भेरियन्टको परिवर्तित रुप फेला। काठमाडौँ- नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला परेको छ ।

 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भारतको नयाँ दिल्लीमा अनुवांशिक (जिन सिक्यन्सिङ) गर्दा डेल्टा भेरियन्टको नयाँ रुप नौ वटा नमूनामा फेला परेको जनाएको छ ।मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले नमूना परीक्षणमा ।

 

अणुवांशिक पहिचान गर्दा ४७ डेल्टा भेरियन्ट पुष्टि भएकामध्ये नौ वटामा थप उत्परिवर्तन रुप k417N mutation देखिएको बताउनुभयो । यसलाई AY.1 नाम दिइएको छ ।उहाँका अनुसार यो नेपालसहित विभिन्न १० देशमा देखिएको छ ।

 

मन्त्रालयले गत वैशाख २६ देखि जेठ २० गतेसम्म देशका विभिन्न स्थानका विभिन्न उमेर समूहका व्यक्तिबाट पिसीआर नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले छनोट गरी परीक्षणका लागि भारत पठाएको थियो ।

 

नेपालमा अहिलेसम्म अल्फा (B.1.1.7) र डेल्टा (B.1.617.2) तथा कप्पा (B.1.617.1) भेरियन्ट पुष्टि भएको छ । डेल्टाको उत्परिवर्तन भेरियन्ट बढी सङ्क्रामक तथा सबै उमेर समूहका व्यक्तिमा असर गर्ने मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले जानकारी दिनुभयो ।

 

“यो नयाँ देखिएको भेटियन्ट होइन”, उहाँले भन्नुभयो, “यसअघि पनि देखिएको छ, तर यो अन्यभन्दा बढी सङ्क्रामक रहेको छ ।”मन्त्रालयले डेल्टा भेरियन्टको नयाँ रुपको सङ्क्रमण रोक्नका लागि सबै सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्ड पालना गर्नका लागि अपिल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *