प्रधानमन्त्री देउवाको हाइट बढ्यो, विपीको स्थानमा पुग्न सक्ने अवसर’

ताजा समाचार

काठमाडौं ।

नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री महेन्द्र यादवले प्रधानन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको पछिल्लो समय हाइट बढेको बताएका छन् ।

 

उनले देउवा विपी कोइरालाको स्थानमा पुग्नसक्ने विश्वास गरे । उनले भने, ‘अहिले प्रधानमन्त्रीज्यूप्रति जनताको सम्मान बढेको छ । उहाँको हाइट धेरै बढेको छ । उहाँ सबैले भरोषा गर्न योग्य व्यक्ति हो ।’

 

रिपोर्टर्स क्लबमा बोल्दै यादवले पार्टीमा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल अनुभवी र खारिएको नेता भएको पनि सुनाए ।

 

उनले आफूहरुलाई नेतृत्वमाथि पूर्ण विश्वास र भरोसा रहेको पनि सुनाए । उनले पार्टी सभापति देउवामा समन्वयकारी क्षमता भएको पनि सुनाए ।

 

यादवले प्रधानमन्त्री देउवाले जुनसुकै बेला पनि मन्त्रिपरिषद् विस्तार गर्न सक्ने सुनाए । उनले भने, ‘मन्त्रिपरिषद् विस्तार जतिबेला पनि हुनसक्छ । अब धेरै ढिलो हुँदैन ।

 

प्रधानमन्त्रीज्यू गठबन्धनमा आवद्ध दललाई विश्वासमा लिएर अघि बढ्न चाहनुहुन्छ । यो सरकार संविधानको धारा ७६ को ५ अनुसार बनेको हो ।

 

त्यसैले उहाँ सबैलाई समेटेर अघि बढ्न चाहानुहुन्छ । राष्ट्रिय सरकार नै बनाउन चाहानुहुन्छ ।’

 

मन्त्रिपरिषद् विस्तारबारे अहिले गृहकार्य भैरहेको उनको भनाई छ । उनले भने, ‘कांग्रेस अरु दललाई बिच्काउन चाहँदैन् ।

 

उहाँहरुलाई पूरै सन्तुष्ट गरेर नै अघि बढ्छौं । बरु, कांग्रेसले एक/दुई वटा मन्त्रालय नै कम लिन्छ ।’

 

उनले कांग्रेसको क्रियाशील सदस्यताको विवाद पनि समाधानको चरणमा रहेको सुनाए । उनले यो हप्ताभित्रै विवाद समाधान हुने दाबी गरे ।

 

उनले महाधिवेशन भदौको अन्तिम साताबाट प्रारम्भ भएर मंसिर/पुससम्म सम्पन्न गरिसक्ने पनि सुनाए ।

 

यादवले एमाले वरिष्ठ नेता माधव कुमार नेपाललाई जननेताको संज्ञा दिए ।

 

नेता नेपालले पार्टीभन्दा माथि उठेर राजनीतिक व्यवस्था, संविधान, लोकतन्त्रको पक्षमा आफूलाई उभ्याएको र सोहीअनुसार भूमिका खेलेको यादवको भनाई छ ।

 

उनले भने, ‘माधव नेपालले पार्टीभन्दा माथि उठेर आफ्नो भूमिका निर्वाह गर्नुभयो । संविधान, व्यवस्था र कानूनको रक्षाको लागि अडान लिनुभयो ।

 

अब उहाँलाई एमालेले कारबाही गरेर उहाँको हाईट घट्दैन्, बरु बढ्छ ।’ उनले माधव नेपाललाई गिरिजा प्रसाद कोइरालासँग तुलना गरे ।

 

उनले भने,‘जसरी गिरिजाबाबु सबैले भरोसा गर्न योग्य नेता हुनुहुन्थ्यो, अहिले माधव नेपालपनि त्यस्तै हुनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *