“माओवादीमा छैनौँ, एमाले भएनौँ, हामी कहाँ जाने ?

ताजा समाचार

काठमाण्डाै।

नेकपा एमाले प्रवेश गरेका चार पूर्वमाओवादीका नेताले सांसद पद पुनर्स्थापनाकाे माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् ।

 

आफूहरूले माओवादी छाडेको र एमाले प्रवेश गरेको घोषणा नगरे पनि माओवादीले दल I

 

त्याग गरेको भन्दै कारबाही गरेकाले आफूहरू अन्यायमा परेको नेता टोपबहादर रायमाझीको गुनासो छ।

 

माओवादीले हटाइदियो, सर्वोच्चले एमालेको दशौँ महाधिवेशन आयोजक कमिटीलाई मान्यता दिएन, निर्वाचन आयोगमा हामी एमाले हो भन्ने प्रमाण छैन I

 

हामी त अहिले दलविहीनको अवस्थामा रहेर अन्यायमा परेको छौँ, सर्वोच्चले न्याय देओस्’, नेता रायमाझीले उज्यालो अनलाइनसँग भन्नुभयो।

 

माओवादी र एमाले दुवै दलबाट आफूहरूमाथि अन्याय भएको उहाँले बताउनुभयो ।

 

‘त्यत्रो युद्ध लडेर आएको र देशको परिवर्तनमा ठूलो भूमिका निभाएकाे हामीहरूलाई अहिले यता न उताको बनाउन खोजिएको छ, यो अवस्थाको अन्त्य हुनैपर्छ’, उहाँले भन्नुभयो।

 

तपाईँ अब माओवादीमा जान लाग्नुभएको हो ? उज्यालो अनलाइनको प्रश्नमा नेता टोपबहादुर रायमाझीले I

 

भन्नुभयो, ‘हामी माओवादी नै हो तर माओवादी भनेको प्रचण्ड मात्रै होइन, विप्लव पनि माओवादी नै हुन्, मोहन वैद्य पनि माओवादी हुन् I

 

र टोपबहादुर रायमाझी पनि हो, माओवादी भन्नेबित्तिकै प्रचण्ड हुन् भन्ने नबुझ्नु होला ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *