रेल पानिजहाज हैन दुर्गम ठाऊमा पिउने पानि, बाटो, बिजुली मुख्य प्राथमिकता हो हाम्रो :सेरबहादुर देऊवा

ताजा समाचार

काठमाडौँ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार र निजी क्षेत्रको सहकार्यबाट देशको अर्थतन्त्रलाई पुनः चलायमान बनाउनुपर्ने बताएका छन् ।

 

महिला उद्यमी महासङ्घको पाँचाैं अन्तर्राष्ट्रिय महिला उद्यमीको व्यापार मेलाको आज ।

 

भर्चुअल सम्बोधन गर्दै उनले कोरोनाका कारण थला परेको अर्थतन्त्रलाई पुनः चलायमान बनाउन सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताए ।

 

“सबै नागरिकलाई चाँडै कोरोना खोप उपलब्ध गराएर मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन सरकार प्रयत्नशील रहेको छ”, प्रधानमन्त्री देउवाले भने ।

 

उनले नेपाली उत्पादनलाई प्रोत्साहन र बजारीकरण गर्न महिला उद्यमी महासङ्घले खेलेको भूमिकाको उच्च प्रशंसा गरे ।

 

यस्ता मेलाले मुलुकको अर्थतन्त्रलाई थप सबल बनाउन सहयोग पुग्ने उनको भनाइ थियो ।

 

नेपाली काँग्रेसका सभापतिसमेत रहनुभएका उनले कोरोनाका कारण नेपालमा उत्पादन भएका सामान बजारसम्म ।

 

पुग्न नसकेको वर्तमान परिवेशमा सरकारले बजारीकरणलाई विशेष प्राथमिकता दिने उल्लेख गरे ।

 

उनले भेलाको पूर्ण सफलताको कामनासमेत गरे महासङ्घका अध्यक्ष रीता सिंहले महिला उद्यमीलाई प्रोत्साहन ।

 

गर्दै महिलालाई आत्मनिर्भरताको बाटामा लैजानका लागि मेलाको आयोजना गरिएको जानकारी दिइन् ।

 

महासङ्घका प्रथम उपाध्यक्ष एवं मेलाका संयोजक नीरु रायमाझी खत्री, द्धितीय उपाध्यक्ष शोभा ज्ञवालीलगायतले नेपालमा ।

 

उत्पादित कृषि सामग्री र हस्तकलाका सामग्रीलाई अर्थतन्त्रसँग जोड्न उक्त मेलाको आयोजना गरिएको बताए ।

 

भर्चुअल कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर ।

 

गोल्छा, विभिन्न देशका राजदूत तथा महिला उद्यमीको सहभागीता रहेको थियो । मेला पाँच दिनसम्म चल्ने महासङ्घले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *