बालकोटबाट रुँदै निस्किएका भीम रावल नयाँ पार्टी दर्ता गर्दै

ताजा समाचार

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हदैसम्मको अपमान गरेको भन्दै उपाध्यक्ष भीम राववले नयाँ पार्टी दर्ता गर्ने तयारी थालेका छन् ।

 

आइतबार विहान ओली निवास बालकोटमा बसेको बैठकले रुँदै घर फर्काएपछि नयाँ पार्टी दर्ता गर्ने मनस्थितिमा पुगेका हुन् ।

 

बैठकमा ओलीसहित एमाले महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेल, संसदीय दलका उपनेता सुवासचन्द्र ।

 

नेम्वाङसँगै उपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य लेखराज भट्ट र केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापा उपस्थित थिए।

 

आइतबारको बालकोट बैठकमा ओलीले सुदूरपश्चिमको यो विवादबारे लामो भूमिका बाँध्दै अन्ततः भट्ट नै इञ्चार्ज रहने बताएका थिए।

 

बैठकमा सहभागी एक नेताका अनुसार त्यसक्रममा ओलीले रावललाई भनेका थिए– ‘तपाईं पार्टीको उपाध्यक्ष हुनुहुन्छ, यही ।

 

भूमिकामा रहेर सहजीकरण गर्नुस्। सुदूरपश्चिम प्रदेशको इञ्चार्जमा लेखराजजी नै रहनुहुनेछ।’

 

रावलका लागि ओलीको यस्तो भनाइ अप्रत्यासित थियो। किनभने एमालेका सम्पूर्ण पार्टी कमिटी र संरचना २०७५ जेठ २ मा ।

 

फर्कने निर्णय भएपछि उनी अन्तिम घडीमा माधवकुमार नेपालको साथ छाडेर ओलीसँग नजिकिएका थिए। एमालेमा चुलिएको अन्तरसंघर्ष ।

 

पार्टी विभाजनको तहमा पुगेपछि उनले अर्को पार्टी खोल्ने निर्णयमा पुगेका नेपाललाई साथ नदिने र (ओली नेतृत्वको) एमालेमै रहने निर्णय गरेका थिए।

 

त्यसअघि एमाले एकता कार्यदलले १० बुँदे सहमति गरेको थियो, जसमा पार्टीका सबै कमिटी र संरचनालाई २०७५ जेठ २ मा फर्काउने उल्लेख थियो।

 

रावल एकता कार्यदलमा नेपालतर्फका संयोजक नै थिए। जेठ २ ताका रावल नै एमाले सुदूरपश्चिमका इञ्चार्ज थिए।

 

केही असन्तुष्टि उनले बैठकमै व्यक्त गरेका थिए। ‘त्यसक्रममा रावलजीले १० बुँदे सहमति अक्षरशः कार्यान्वयन ।

 

हुनुपर्ने र प्रदेश इञ्चार्ज आफू नै हुनुपर्ने अडान राख्नुभो’, बैठकमा सहभागी एक नेताले भने।

 

उक्त छलफलले ओलीसँग बस्न नसकिने निश्कर्ष निकालेको थियो । ‘हामीले एउटा नीति बनाइसकेपछि त्यसैलाई आधार बनाएर अगाडि ।

 

बढने हो,’ सांसद झपट रावलले भने, ‘त्यो नीति बनिसकेपछि त्यसलाई अक्षरशः पालना गरेर अघि बढनुपर्छ भन्ने हो।’

 

उनले असार २७ मा भएको दशबुँदे सहमति निःशर्त कार्यान्वयन गरेर जानुपर्ने आफूहरुको प्रष्ट धारणा रहेको बताए।

 

‘उहाँ (उपाध्यक्ष रावल) तत्कालीन एमालेको मात्र होइन, नेकपा हुँदाको पनि सुदूरपश्चिम इञ्चार्ज हो’, उनले भने, ‘अहिले बाहिर सञ्चारमाध्यममा आइरहेको विषय नै हो भने त त्यो सबै खण्डित हुन्छ।’

 

एमाले अध्यक्ष ओली र उनीनिकट नेताहरु एकीकरण प्रक्रियाबाट आएका नेताहरूलाई जिम्मेवारबिहीन बनाएर अघि बढन नसक्ने बताइरहेका छन्।

 

भट्टनिकट एक नेताले पनि जस्ताको तस्तै जेठ २ मा जान सम्भव नभएको जिकिर गरे।

 

‘हिजो असहज परिस्थितिमा नेतृत्वलाई साथ दिएर पार्टीको जिम्मेवारीमा बस्नुभयो,’ उनले ।

 

भने, ‘अहिले जेठ २ मा गयौं भनेर एकीकरणमा आएका नेताहरुलाई बाहिर राख्न त मिल्दैन नि।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *