दुईजिब्रे अग्नि सापकोटालाई सभामुख पदमा बस्ने अधिकार छैन : कोमल वली

ताजा समाचार

काठमाडौं ।

नेकपा एमालेकी राष्ट्रियसभा सदस्य कोमल वलीले प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटालाई पदमा बस्ने अधिकार नभएको बताएकी छन् ।

 

राष्ट्रियसभा बैठकमा बोल्दै वलीले कसैलेको स्वार्थका लागि आफ्नै कुर्सीलाई अपमान गर्ने व्यक्ति पदमा बस्न लायक नभएको बताइन् ।

 

‘संवैधानिक प्रक्रियाअनुसार विधि प्रक्रिया बाहिर जानेलाई पार्टीबाट निकाल्ने प्रावधान हुँदाहुँदै सभामुखबाट कसैको स्वार्थका लागि, कसैको ।

 

विनाशका निम्ति सभामुखजस्तो गरिमामय पदमा रहेको व्यक्तिले आफ्नै कुर्सीलाई अपमान गर्न मिल्छ ?’ उनले प्रश्न ।

 

गरिन, ‘जसले कुर्सीको महत्व बुझ्दैन त्यसलाई कुर्सीमा बस्ने अधिकार हुँदैन ।’

 

सांसद वलीले सभामुख सापकोटालाई दुईजिब्रेको संज्ञा दिइन् । ‘हिजो रामबहादुर बादल लेखराज भट्ट टोपबहादुर रायमाझी प्रभु साहको एमालेमा आउँदा ।

 

पद जाने, माधव नेपालजीहरू जसले पार्टीको ह्विप मानेन, उहाँहरुले पार्टीलाई विखण्ड गर्दा उहाँहरुको पद रहिरहन मिल्छ ?’ उनले प्रश्न गरिन्, ‘एउटै दिमागभित्र ।

 

दुइवटा चिन्तन ? एउटै जिब्रोभित्र दुइटा बोली ? यो प्रवृत्तिले स्थायित्व प्राप्त गर्न सक्छ ? यस्ता व्यक्तिलाई संसदीय व्यवस्थामा कुनै जिम्मेवारी दिनुहुँदैन ।’

 

सभामुख पदलाई आँच पुर्‍याएकाले सापकोटा सभामुख भएर बस्ने अधिकार नभएको उनको भनाइ थियो ।

 

‘न्याय भनेको कसैलाई लागु हुने कसैलाई नहुने हुनसक्छ र ? यसले ल्याउने विकृतिलाई सभामुखले जिम्मा लिन सक्नु हुन्छ ? खुट्टी हेरेरै पत्याइयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *