बागमतीमा एकीकृत समाजवादी संसदीय दलको उपनेता र प्रमुख सचेतक चयन

ताजा समाचार

काठमाडौं ।

नेकपा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलको उपनेतामा कृष्णप्रसाद खनाल चयन भएका छन् ।

 

यसैगरी प्रमुख सचेतकमा मुनु सिग्देल र सचेतकमा बसुन्धरा हुमागाईं चयन भएका छन् ।

 

सोमबार हेटौंडामा बसेको एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलको बैठकले उनीहरुलाई चयन गरेको हो ।

 

यस्तै बागमतीमा गठबन्धन सरकार बनाउनका लागि नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसँग समन्वय ।

 

गर्नका लागि संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई जिम्मा दिने पनि बैठकले निर्णय गरेको छ ।

 

गठबन्धन सरकार निर्माण भएपछि प्रदेश सरकारको तर्फबाट न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार ।

 

गर्नका लागि माधवप्रसाद पौडेल, वसन्तप्रसाद मानन्धर, मीना ज्ञवाली र बसुन्धरा हुमागाईंलाई जिम्मेवारी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *