भीम रावलको नयाँ पार्टी दर्ता, यस्तो छ नाम

ताजा समाचार

काठमाडौँ ।

नेकपा एमालेका उपाध्यक्ष भीम रावलको निर्देशनमा नयाँ पार्टी दर्ता भएको छ । निर्वाचन आयोगले दल दर्ता गरेर नयाँ पार्टीलाई दर्ता प्रमाणपत्र समेत दिएको छ ।

 

दर्ता भएको नयाँ पार्टीको नाम नेकपा कम्युनिष्ट पार्टी (समाजवादी) रहेको छ । यसको केन्द्रीय कार्यालय बूढानीलकण्ठ नगरपालिका ७ काठमाडौँमा रहने छ ।

 

यो पार्टीलाई निर्वाचन आयोगले दर्ता नम्बर १७० दिएको छ । नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) नामक राजनीतिक दललाई ।

 

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम निर्वाचन आयोगमा दर्ता भएको आयोगले जनाएको छ ।

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हदैसम्मको अपमान गरेको भन्दै उपाध्यक्ष राववले नयाँ पार्टी दर्ताका लागि आफ्ना कार्यकर्तालाई दिर्नेशन दिएका थिए ।

 

आइतबार विहान ओली निवास बालकोटमा बसेको बैठकले रावललाई सुदूरपश्चिमको इन्चार्ज नभएको भन्दै उनको अपमान गरेपछि रावल एक्सनमा उत्रिएका हुन् ।

 

बैठकमा ओलीसहित एमाले महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेल, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसँगै ।

 

उपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य लेखराज भट्ट र केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापा उपस्थित थिए।

 

आइतबारको बालकोट बैठकमा ओलीले सुदूरपश्चिमको यो विवादबारे लामो भूमिका बाँध्दै अन्ततः भट्ट नै इञ्चार्ज रहने बताएका थिए।

 

बैठकमा सहभागी एक नेताका अनुसार त्यसक्रममा ओलीले रावललाई भनेका थिए– ‘तपाईं पार्टीको उपाध्यक्ष हुनुहुन्छ, यही भूमिकामा रहेर सहजीकरण गर्नुस्।

 

 

सुदूरपश्चिम प्रदेशको इञ्चार्जमा लेखराजजी नै रहनुहुनेछ।’रावलका लागि ओलीको यस्तो भनाइ अप्रत्यासित थियो। किनभने एमालेका सम्पूर्ण ।

 

पार्टी कमिटी र संरचना २०७५ जेठ २ मा फर्कने निर्णय भएपछि उनी अन्तिम घडीमा माधवकुमार नेपालको साथ छाडेर ओलीसँग नजिकिएका थिए।

 

एमालेमा चुलिएको अन्तरसंघर्ष पार्टी विभाजनको तहमा पुगेपछि उनले अर्को पार्टी खोल्ने निर्णयमा पुगेका नेपाललाई साथ नदिने र (ओली नेतृत्वको) एमालेमै रहने निर्णय गरेका थिए।

 

त्यसअघि एमाले एकता कार्यदलले १० बुँदे सहमति गरेको थियो, जसमा पार्टीका सबै कमिटी र संरचनालाई २०७५ जेठ २ मा फर्काउने उल्लेख थियो।

 

रावल एकता कार्यदलमा नेपालतर्फका संयोजक नै थिए। जेठ २ ताका रावल नै एमाले सुदूरपश्चिमका इञ्चार्ज थिए।

 

त्यहीकारण एमाले र माओवादी केन्द्रबीच एकीकरणपछि पनि प्रदेश इञ्चार्जको जिम्मेवारी रावलले नै पाएका थिए। सोझो हिसाबले पनि १० बुँदे ।

 

सहमतिअनुसार आफू नै स्वतः इञ्चार्ज हुनुपर्ने ठानेका रावल आइतबार बालकोटको बैठकबाट झस्किएनन् मात्र, असन्तुष्ट समेत बनेका छन्।

 

उक्त छलफलले ओलीसँग बस्न नसकिने निश्कर्ष निकालेको थियो । ‘हामीले एउटा नीति बनाइसकेपछि त्यसैलाई आधार बनाएर अगाडि बढने हो,’ सांसद झपट रावलले भने, ‘त्यो नीति बनिसकेपछि त्यसलाई अक्षरशः पालना गरेर अघि बढनुपर्छ भन्ने हो।’

 

उक्त बैठकले नयाँ पार्टी तुरुन्त दर्ता गरिहाल्नु पर्ने निश्कर्ष निकालेको थियो । त्यही निश्कर्ष अनुसार निर्वाचन आयोगमा पहिलानै दर्ताका लागि गएको पार्टीलाई पूर्णता दिनका लागि निर्देशन दिएको श्रोतको दावि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *