महेश बस्नेतको घोषणा ‘प्रचण्डको राजनीतिक यात्रा समाप्त’

ताजा समाचार

अर्घाखाँची ।

नेकपा एमालेका नेता महेश बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकोे राजनीतिक यात्रा समाप्त हुन लागेको जिकिर गर्नु भएको छ ।

 

अर्घाखाँचीमा एमाले कार्यकर्ता भेलालाई सम्बोधन गदै उहाँले यस्तो बताउनुभएको हो । नेता बस्नेतलले पुष्पकमल ।

 

दाहाल, माधव नेपाल र झलनाथ खनालले राजनीतिलाई नकारात्मक बाटोमा धकेलेको आरोप लगाउनुभयो ।

 

सभामुख अग्नि सापकोटाले पदीय मर्यादा भुलेर पुष्पकमल दाहाल र माधव नेपालको मुख बनेको उहाँको आरोप छ ।

 

कार्यक्रममा नेता टोपबहादुर रायमाझीले फुटेर सानोसानो हुँदै गएका पार्टी विस्तारै विलय भएर जाने बताउनुभयो ।

 

उहाँले दाहालले प्रधानमन्त्री पद नपाउँदा पार्टी फुटाएको जिकिर गर्नुभयो ।

 

यो पनि-झापा पुगेर ओलीले भने ‘माधवले वडा सदस्य जित्दैनन्, प्रचण्ड छट्टू नेता’! – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा पुगेर पूर्व ।

 

सहयात्री माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डप्रति खनिएका छन् । उनले नेपाल र प्रचण्ड दुवैले नेपालको कम्युनिस्ट आन्दोलन अघि बढाउन नसक्ने दाबी समेत गरे ।

 

ओलीले पार्टी फुटाएर गएका माधव नेपालले आगामी चुनावमा वडा सदस्य समेत जित्न नसक्ने दाबी पनि गरे ।

 

मंगलबार झापामा जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले माधव नेपालले पार्टी बनाउन नजानेको फुटाउन मात्रै जानेको बताए ।

 

‘माधव नेपालले पार्टी बनाउँदैनन्, एमाले फुटाउन खोजेको हो बनाउन होइन, फाइदा लिनुसम्म लिए, प्रधानमन्त्री, नेता भए, गुटबन्दी गरे, एमालेलाई ।

 

माधव नेपालले २४० मध्ये ३३ मा झारे र आफै राजीनामा गरे’, ओलीले विगत सम्झँदै भने, ‘राजीनामा दिएपछि चुप लागेर बस्नुपर्दैन ?

 

प्रधानमन्त्री बनाइयो, तर सकिन भनेर हिँडे तर फेरि मैलाई चाहियो भन्छन् के हो ? के फेरि पार्टी रसातलमा पुर्‍याउन ?’

 

उनले आफूहरूले माधवलाई कम्युनिस्ट आन्दोलनमा जोडेको तर पुन छुट्टिएको बताए । ‘माधव नेपाल यसरी जोडिएका रहेछन् कि रसायन पुगेकै रहेनछ, पक्लक्क फुक्ल्यो ।’

 

ओलीले माधव नेपालले पार्टी फुटाउन नसकेको दाबी पनि गरे । उनले एमाले नफुटेको बरु चोइटिएको भन्दै ओजन नघटेको र पिलो पुलुत्त निस्केको मात्रै बताए ।

 

ओलीले एमालेले अबको चुनावमा पनि एमालेले नै जित्ने भन्दै प्रचण्डले केही दिनअघि सही कुरा प्वाक्क बोलेको बताए । ‘प्रचण्डले मुखबाट प्वाक्क निकाल्नुभयो ।

 

अध्यक्ष ओलीले प्रचण्ड असल बाबु, काका र असल ससुरो, सम्धी भए पनि धोकेवाज,बेइमान छट्टू नेता भएको दाबी गरे ।

 

खोजेको आफूलाई आश्चर्य लागेको चन्दै प्रचण्डको पछि नलाग्न र अलमलमा नपर्न आव्हान गरे ।

 

‘माधव नेपालको राजनीति नै नभएको भन्दै उनले न जादु, न मन्तर केही छैन, कसैले लगाइदिएको त्यो काममा लाग्नुभएको छ ।

 

अव कमरेड माधव नेपाल होइन एमाले विरोधी र जनविरोधी माधव नेपाल’, ओलीको आरोप छ ।

 

उनले कम्युनिस्ट आन्दोलन धराशायी बनाउन लागेको भन्दै त्यो सपना पुरा हुन नदिने घोषणा गरे ।

 

उनले वामपन्थीको सरकार ढालेर प्रतिक्रियावादीको सरकार बनाउन माधव नेपालले नै भूमिका खेलेको भन्दै उनले २ महिना बित्दा समेत ।

 

सरकार गठन गर्न नसकेबाटै हैसियत देखिएको बताए । उनले एमाले नेकपाकै निरन्तरता भएको भन्दै प्रचण्डले पनि आफ्नो गुटमात्रै लिएर गएको बताए ।

 

उनले जहाँ नेपाली त्यहाँ एमाले भन्दै देशमा मात्रै होइन, विदेशमा पनि एमाले, पसल, बजार, हवाई मैदान, परेड खेल्ने ठाउँ, कलेज स्कुल, विद्यालय विश्वविद्यालयमा एमाले भएको बताए ।

 

कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य अग्नि खरेलले विद्रोहको थलोमा झापामा माओवादीहरू सकिँदै गएको बताए ।

 

उनले क्रान्तिका लागि नभई अवसर पाउन र कुण्ठा पुरा गर्न मात्रै केही नेताहरूले एमाले विभाजन गरेको आरोप लगाए ।

 

खरेलले चोइटिएर गएको माधव नेपाल समूहले जनताको बहुदलीय जनवाद (जबज) छाडिसकेकोले उक्त पार्टीले कम्युनिस्ट आन्दोलनलाई उठाउन नसक्ने दाबी समेत गरे ।

 

‘क्रान्तिको नेतृत्व सही विचारले मात्रै गर्न सक्छ, माधव नेपालहरूसँग त्यो विचार नै छैन ।

 

उहाँहरूले जबज छोडेर किन पार्टी फुटाउनुभयो ? भनेर तपाईँहरूले सोध्नुस्’, खरेलले जिल्लाका कार्यकर्ताहरूलाई सुझाव दिए ।

 

सत्ता गठबन्धन अवसरवादीहरूको गठबन्धन भएको भन्दै उनले ५ जना प्रधानमन्त्री एकातिर र अर्कोतिर केपी ओली मात्रै भए पनि ओली नै भारी भएको सुनाए ।

 

कार्यक्रममा अन्य पार्टी छोडेर एमाले प्रवेश गर्नेहरूलाई स्वागत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *