एकै बाउका १२ बहिनि छोरिहरु सामाजिक संजालमा भाइरल कसरी भए त ? (भिडियो हेर्नुस)

ताजा समाचार

प्युठान ।

बेला बेलामा सामाजिक संजाल विभिन्न कुराहरु भाइरल हुने गर्दछन । धेरैले प्रयोग गर्ने सामाजिक संजालमा कहिले रमाइला कुरा त कहिले पिडादायी कुराहरु चर्चामा आउने गर्दछन ।

 

यस्तै अहिले सामाजिक संजाल टिकटकमा एउटा भिडियो भाइरल बन्यो । एकै घरका १२ बहिनी छोरिहरुको उक्त भिडियो लगभग ।

 

१ लाख भन्दा धेरैले हेरिसका छन भने थुप्रैले मनपराएका छर र उतिनै टिप्पणीहरु पनि गरेका छन।

 

नेपाली महिलाहरुको चाड तिजको अवसर पारेर माइतिमा भेला भएका उनिहरुले `हामी एकै बाउका १२ बहिनी छोरिहरु´ भन्दै क्रमश ।

 

एक नम्बर देखि १२ नम्बर सम्म भन्दै देखिएको भिडियो टिकटकमा भाइरल बनेको थियो । त्यसका बारेमा थुप्रैले टिप्पणी गरेका थिए ।

 

कतिपयले एउटै परिवारको नभएको पनि टिप्पणी गरेका थिए । तर उनिहरु एकै घरका दिदिबहिनी हुन ।

 

प्युठानको नौ बहिनी गाउपालिका ७, बास्कोट घर भएका ती परिवारमा १२ बहिनी छोरिहरु मात्र रहेका छन । उनिहरुको दाजुभाइ भने छैनन ।

 

८ जनाको बिबाह भै सकेका उनिहरु सबै प्युठान मै व्यापार गर्दै आएका छन । आफ्नो बुवा पनि ब्यापार नै गरेकाले आफुहरु पनि सबै त्यतै लागेको उनिहरु बतांउछन ।

 

८ जना मध्ये कोहि मागी बिबाह गरेका त कोहि आफैले भागेर बिबाह गरेको बताए ।

 

परिवारमा छोरा नै चाहिन्छ भन्ने मान्यता भएको समाज मा अहिले आफुहरु छोरा नभए पनि परिवारलाई खुशी राख्न सकिन उदाहरण भएको बताए ।

 

घरमा बुबालाइ छोरा नभएको भन्दै पहिले पहिले कतिपयले विभिन्न कुरा का*ट्ने गरेको सुन्दा न*राम्रो लाग्ने गरेको जेठी छोरिले बताइन ।

 

तर अहिले आफुहरुले विवाह नभए का बहिनिहरु र बुवा आमालाई कुनै कुराको कमि हुन नदिएको जेठी छोरी बताउँछिन ।

 

विभिन्न चाडपर्व हुदा सबै दिदिबहिनी सँगै भएर रमाइलो गर्ने गरेको भएकोले बाबा आमा भाग्यमानी भएको उनिहरु बताउछन ।

 

१२ बहिनी छोरिहरु भएको परिवार भए पनि आफुहरु मिलेर बसेको र कसै प्रती कसैको कुनै मनमु*टाव नभएको उनिहरु बताउँछन ।

 

अहिलेसम्म आफुले भनेको कुनै बहिनिले पनि कुरा नकाटेकोले पनि यसरी मिलेर बस्न सकेको जेठी छोरिले बताइन । त्यस्तै बहिनिहरु मात्र नभै ज्वाइहरु पनि उत्तिकै बुझ्ने भएको उनी बताउँछिन ।

 

भिडियो हेर्नुस:

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *