एमालेमा अर्को खुशी थपियो, फेरी प्रधानमन्त्री बन्दै ओली

ताजा समाचार

काठमाडौँ ।

नेकपा एमालेका नेता कार्यकर्तामा अर्को खुशीयाली थपिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली चौथो पटक प्रधानमन्त्री बन्ने भएपछि खुशीयाली थपिएको हो ।

 

एमालेका राष्ट्रिय सभा संसदीय दलका नेता सुमनराज प्याकुरेलले आगामी चुनाव पछि केपी ओली सानदार मतका साथ मुलढोकाबाट सिंहदरवार छिर्ने बताए ।

 

‘ओली फेरी पनि कम्तिमा एक पटक यो देशको फूल फ्रेज प्रधानमन्त्री हो कसैले हल्लाउँन सक्दैन् ।’ उनले भने ।

 

देउवा सरकारले पुरा कार्यकाल देश चलाउँन नसक्ने र छिट्टै नै संसद विघठन गरेर देश फेरी पनि अर्ली इलेक्सन तिर जाने पनि प्याकुरेलले दावी गरेका छन् ।

 

उनले भनेका छन्, ‘देउवाले कति दिन लान्छन्, १ महिना, २ महिना, ६ महिना, कति ? त्यहाँ भन्दा बढि जाँदै जाँदैन म बाजी राख्न तयार छु ।’

 

नेकपा एमालेसँग चुनावमा एक्लै त कसैले प्रतिष्पर्धा नै गर्न नसक्ने पनि उनले जिकिर गरे । ‘को–को सक्छौ सबैले मिलेर आउँदा हुन्छ एमालेसँग ।

 

एक्लै चुनाव लड्ने त कसैको आँट पनि हुनु पर्यो नि’, उनले भनेका छन् ।चुनावसम्म अहिलेको गठबन्धन भत्किने पनि उनले दावी गरे ।

 

एमाले विभाजन गर्ने माधव नेपालसँग निकै आक्रोशीत भएका प्याकुरेलले माधव नेपालले कुन क्षेत्रबाट चुनाव लड्ने हो ? भनेर प्रश्न गरेका छन् ।

 

माधव नेपालको ग्याङ निस्कीए पछि एमाले झन फिल्टर र बलियो भएको दावी गर्दै प्याकुरेलले झन ठूलो उभार नेकपा एमालेको पक्षमा आउँने दावी गरेका छन् ।

 

कुहिएकाहरु निस्किए पछि पार्टी झन सफा भएको प्याकुरेलले बताए ।माधव नेपालले पार्टी फुटाए भन्नु कपालको एउटा रौँ झरे बाराबर मात्रै भएको उनको दावी छ ।

 

पदका लोभीहरु केहि अहिले उतातिर लागे पनि तल्लो तहमा पार्टी विभाजनको केहि असर नभएको उनले जिकिर गरे ।

 

अहिलेको देशको राजननिती केपी ओलीको वरिपरि घुमिरहेको भन्दै प्याकुरेलले केपी ओलीलाई माइनस गरेर राजनिती गर्छु भनेर कसैले चिताँउनै नपर्ने बताए ।

 

नेपालको राजनितीमा केपी ओलीको तुलना कोही सँग हुन नसक्ने भन्दै उनले ओलीको अगाडी अरु सबै फुच्चे भएको पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *